हाम्रो बारे
नेपालको सविधान (२०७२) को धारा २४८ अनुरुप स्थापित राष्ट्रिय मानव अधिकार आयोग एक स्वतन्त्र र स्वायत्त निकाय हो । संविधानको धारा २९३ बमोजिम प्रतिनिधि सभाका समितिले राष्ट्रिय मानव अधिकार आयोग बाहेकका अन्य सवैधानिक निकायको प्रतिवेदन लगायतका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्नेछ । हाल आयोगमा केन्द्रीय कार्यालय, सातवटा प्रदेशमा प्रदेश कार्यालय र तीनवटा प्रदेशमा प्रदेश शाखा कार्यालयहरु रहेका छन् । यसै आव २०८२।०८३ देखि कर्णाली प्रदेश कार्यालय अन्तरगत प्रदेश शाखा कार्यालय जुम्ला स्थापना भई कार्य संञ्चालन भईरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा सबै नागरिक र मानिसहरुको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले वि.सं.२०७९ साल जेष्ठ देखि कर्णाली प्रदेश कार्यालय वीरेन्दनगर सुर्खेतमा स्थापना भएको थियो । यस कार्यालयको क्षेत्राधिकार भित्रका १० जिल्लाहरुमा मानव अधिकार सम्बन्धी विविध गतिविधिहरू सञ्चालन हुँदै आइरहेको छ । यस प्रदेशको समग्र मानव अधिकारको चित्रण सहित मानव अधिकारका सवालहरूमा केन्द्रित रही यस कार्यालयले अनुगमन र अनुसन्धान सम्बन्धी कार्यलाई निरन्तररूपमा अगाडी बढाइरहेको छ । यस कार्यालयबाट सम्पादित गतिविधि, अनुगमन तथा अनुसन्धानबाट प्राप्त प्रतिवेदनको निष्कर्ष, प्रेस–विज्ञप्ति, पत्रकार सम्मेलन आदि मार्फत मानव अधिकारको स्थिति र अवस्थालाई सेवाग्राही तथा जनसमक्ष प्रकाश पार्ने क्रम निरन्तर रुपमा भइ रहेको छ ।
यस कार्यालयको स्थापना हुनु भन्दा पहिला कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले कर्णाली प्रदेशका क्षेत्राधिकार भित्रका १० वटा जिल्लाहरुमा मानव अधिकार सम्बन्धी विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको थियो ।